‘पञ्चायत’को अमेरिकाको प्रिमियर

काठमाडौं,
पौष २४ ।

चलचित्र ‘पञ्चायत’को अमेरिकाको प्रिमियर गरिएको छ । नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइए निर्माण गरिएको चलचित्र पञ्चायतको अमेरिकाको भर्जिनियामा प्रिमियर गरिएको हो ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

चलचित्र ‘पञ्चायत’को प्रिमियर र अन्य बिशेष सो को लागि अभिनेता सरोज खनाल नेपाल बाट अमेरिका गएका छन् ।
चलचित्र हेरेर निस्केका सबै जसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रशंसा गरेका थिए । चलचित्रको कथा बस्तु र सरोज खनाल र नीता ढुंगानाको अभिनयको सबैले तारिफ गरेका छन् ।

शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको ‘पञ्चायत’मा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गीता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजु बाबु श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको सङ्गीत र रामेश्वर कार्कीको छायाँकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् । चलचित्र ‘पञ्चायत’ नेपालमा भने चैत्र २ गते बाट प्रदर्शनमा आउदैछ ।

यसमा तपाइको मत

अन्य समाचार