निर्जलाको इन्डक्ल्याप

काठमाडौं,
पौष २३ ।

नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाडामा दशैंको गीत छायाँकन गर्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो ।

दिनेश सुवेदीको शब्दमा बाबुल गिरीको सङ्गीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन् । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् भने नृत्य निर्देशक कमल राईले ।

राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्रको रिलिज मिति समेत तय गरिएको छ । आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिन देखि चलचित्र रिलिज गरिने निर्माण पक्षले जनाएको छ । शुभेच्छा कै कथा तथा संवाद रहेको चलचित्र ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ ।

व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै चलचित्र मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन् । उनले चलचित्र निर्माणलाई निरन्तरता दिने बताएका छन् । चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापालगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्वन्द्व तथा रवि कोइरालाको छायांकन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार