ध्रुव र सरुको काग दाजैमा बले र स्नेहाको रोमान्स (भिडियोसहित)

काठमाडौं,
पौष २१ ।

गायक ध्रुव विश्को र सरु गौतमको स्वर रहेको काग दाजै गीत सार्वजनिक भएको छ । गीतको भडियोमा हास्यटेलिश्रृंखला ‘भद्रगोल’का हास्यकलाकार सागर लम्साल (बले) र मोडल स्नेहा पौडेलले अनस्क्रिन रोमान्स गरेका छन् ।

गीतमा भिम बिसीको शब्द तथा सङ्गीत रहेको छ । बाबु प्रधानको सङ्गीत संयोजनमा बनेको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । उत्सव दहालको छायाँकन रहेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

पुल्चोक क्याम्पस र गौशलाको राममन्दिरमा छायाँकन गरिएको गीतको भिडियोमा कुमार कट्वालको निर्माण तथा युवराज वाईवाको निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार