दुर्गाले मुर्गा बनाई भन्दै सिमान्त सन्तोष (भिडियोसहित)

काठमाडौं,
पौष १९ ।

गायक सिमान्त सन्तोष दुर्गाले मुर्गा बनाई भन्दै छन् । उनले दर्शक/स्रोतामाझ ल्याएको गीतमा यस्तो भनेका हुन् ।लोकलयमा डान्सिङ बिट रहेको यो गीतमा चर्चित गायक श्री कृष्ण लुइटेल(बोकेदारिको) शब्द तथा सङ्गीत रहेको छ ।

युबराज वाइबाले निर्देशन, उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोमा गायक श्री कृष्ण लुइटेल (बोकेदारि), रक्षा, डि गोर्खाली ब्वायज तथा गायक सिमान्त सन्तोषको अभिनय तथा नृत्य रहेको छ ।

पूर्वको झापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् । उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् ।

आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ…’बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।
झापाको बनीयानी कचनकवल–६मा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाएका सन्तोषले छोटो समयमै नेपाली साङ्गीतिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका छन् । नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका उनका थुप्रै गीत मध्ये ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, जस्ता गीत बढी रोजाईका गीत बनेका छन् ।

‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएका हुँ, मान्छे जन्मेको मर्न र प्रकृतिको नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई रोजे’ भन्छन् सन्तोष । उनले भने ‘मेरा अन्य गीत जस्तै दुर्गाले मुर्गा बनाईलाई पनि दर्शक/स्रोताले मन पराइदिनुहुनेछ भन्ने आश गरेको छु ।’

https://www.youtube.com/watch?v=HeIXZKkZpHw

यसमा तपाइको मत

अन्य समाचार