आइटम नम्बर लिएर आइन ऋतिका

काठमाडौं,
पौष १८ ।

गायिका तथा मोडल ऋतिका जिरेल आइटम नम्बर लिएर आएकी छन् । ‘पोखरा घुम्नलाई जाउँ, कोही भन्छन् नगरकोट’ बोलको गीत लिएर आएकी ऋतिका यतिखेर चर्चामा छिन् ।

आफ्नै स्वर रहेको यस गीतको भिडियोमा ऋतिकाले हट डान्स गरेकी छन् । भिडियोमा ऋतिकाले सुरज प्रजापतिसँग रोमान्स गरेकी छन् ।

यस भिडियोमा ऋतिका र सुरजका अलावा यारोन, सुप्रिम र रोहनको पनि नृत्य रहेको छ । अस्मित नापितको शब्दमा रहेको यस गीतमा राम कार्कीको सङ्गीत रहेको छ । शिवान पोखरेलले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार