काठमाडौं,
पौष १६ ।
मायाँको न्यानो पन बोलको गीत सार्बजनिक भएको छ । जसमा गायिका प्राश्ना पाण्डे हट अवतरमा देखिएकी छिन् । उनी मायामा मजबुर छु भन्दै मोहन बोगटीसँग मरुभूमिमा रुमलिदै हट अवतरमा देखिए छन् ।
मौनता मेरो तोडी आउ
मायाँमा पल पल रमाउ
सपनाको बर्षातमा
आज मलाई भिज्न देउ
सुमधुर शब्दहरुले सज्जिएको उक्त म्युजिक भिडियो आकर्षक बनेको छ ।
प्राश्ना मायाको न्यानो पन मजबुर हुँदैछ मन भन्दै रोमान्स गर्दै गरेको देख्न सकिन्छ गीतको भिडियोमा । गोविन्दप्रसाद उपाध्यको शब्द अनिल साहीको सङ्गीत र एरेन्ज रहेको उक्त गीतको छायांकन र निर्देशन रोहित बिक्रम कार्कीले गरेका छन् भने सुरेश राउतले सम्पादन ।






