काठमाडौं,
पौष १५ ।
चलचित्र गाउँकी छोरीमा नायिका केकी अधिकारी नेता बनेकी छन् । उनी अभिनित सामाजिक चलचित्र गाउँकी छोरीको ट्रेलर रिलिज भएको हो । सार्वजनिक ट्रेलरमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् ।
स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ । पढ्नका लागि सहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन् । स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् ।
नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी दीपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् ।
चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।






