काठमाडौं,
पौष ११ ।
चलचित्र पिंजडा ब्याक अगेनको आइटम गीत ‘बल्यो धप धप यो जवानी’ सार्वजनिक गरिएको छ । आगामी माघ ४ लाई प्रदर्शन मिति तय गरेको यो चलचित्रको आइटम गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
युट्युवमा गीतको भिडियो अपलोड छैन् । भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल भिडियो बाहिर ल्याएको बताएको छ ।
गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले सङ्गीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् ।
सौरभ लामाको छायाँकन रहेको यो चलचित्रमा निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटालगायत कलाकार मुख्य भुमिकामा रहेका छन् भने रामजी लामिछानेको कोरियोग्राफ रहेको छ ।
रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेको चलचित्रमा सह निर्मातामा रमेश सुवेदी र बाबुराजा सिह छन् ।






