काठमाडौं,
पौष १० ।
आगामी माघ १२ गतेबाट देशभरकार सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ ।
मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । तर, नायक दयाहाङ राई चलचित्रका २ नायिका प्रियंका कार्की र दिया पुन मध्ये कसका हुन्छन् भन्ने ट्रेलरमा खुलाइएको छैन ।
नेपाल र बेलायतमा छायाँकन गरिएको चलचित्रको लण्डनमा प्रिमियर समेत भइसकेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता, विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुनलगायतका कलाकारको अभिनय रहेको छ ।
बीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी रहेको छ चलचित्रमा । चलचित्रमा सम्राट बस्नेतको एक्सन, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ ।






