हायतको र्याम्पमा स्वस्तीमा, अशिस्मा र मलिनाका साथ ६ दर्जन मोडल

काठमाडौं,
पौष ९ ।

राजधानीको चावहिलमा रहेको हायत रिजेन्सी होटलमा अभिनेत्री स्वतीमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशीलगायत ६ दर्जन मोडलले र्याम्प नापेका छन् । उनीहरुले शुक्रबार राती फेसनले झकिझकाउ भएको कार्यक्रममा र्याम्प नापेका हुन् । एकपछि अर्काे सिक्वेन्समा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमान्चित देखिएका थिए ।

राजधानीका उत्कृष्ट र ब्यवसायी ६ दजर्न मोडलहरुले र्याम्प नापेको फेसन शोमा १३ बिभिन्न सिक्वेन्समा तयार पारिएका फेसन प्रदर्शन गरिएको थियो । लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।

आइइसी कलेज अफ फेसन एण्ड आर्ट आयोजक रहेको ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ नामक फेसन शोको सम्पुर्ण इभेन्ट म्यानेजमेन्ट जिम्मा नेक्स्ट मोडल्स् नेपालले लिएको थियो ।

करिब ३ घन्टा चलेको फेसन शोमा आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्यायनरत २०१७ मा पास आउट ५१ बिद्यार्थीले तयार पारेका बिभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइनहरु प्रदर्शन गरिएको थियो ।

पुर्व मिस नेपाल समेत रहेकी मोडल माल्भीका सुब्बाले सञ्चालन गरेको फेसन शोमा अभिनेत्री स्वतीमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशीलगायत सो टपरको रुपमा रहेका थिए, भने बिषेश प्रस्तुतिमा बिद्यार्थीले अध्यायनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रवद्र्धनको उद्देश्यले फेसन शो आयोजना गरिएको कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

फेसन शोका लागि राजधानीमा एक भब्य अडिसन गरेर नेक्स्ट मोडल्स नेपालले मोडहरु छानेको थियो । नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मा लगायत निर्णायक रहेको अडिसनमा १५० नयाँ तथा पुराना मोडल सहभागी थिए ।

मोडलहरुलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण सहित र्याम्पमा उतारेका थिए । बिभिन्न फेसनको प्रचार एबम् मोडलिङ क्षेत्रको प्रवद्र्धन र व्यवसायिकताका लागि यस्ता इभेन्ट लाभदायक नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रबि धमलाले बताए ।

यसमा तपाइको मत

अन्य समाचार