मेलिनाको स्वरमा इन्द्रेणी (भिडियोसहित)

काठमाडौं,
पौष ८ ।

यसै मध्येको एक गीत हो ’इन्द्रेणीको’ । पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको स्वर रहेको ‘इन्द्रेणी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतलाई उनकै च्यानल मार्फत सार्वजनिक गरिएको हो । इन्द्रेणी एल्बममा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसमा उत्तम जंग लिम्बुले सङ्गीत भरेका छन् ।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको हो । शान थापा निदेर्शित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ छन् । चलचित्रमा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापा बताउछन् । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ ।

विशेषगरि गीतको ड्रेसले चर्चा पाएको छ । निर्देशक थापाले कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरेका छन् । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

‘गीतमा विशेषगरि मायालुको कल्पनालाई प्रस्तुत गरिएको छ । शब्द र सङ्गीतकै हिसाबमा गीतलाई गाएकी छुँ, एउटी सुन्दरीले आफूलाई परि सम्झिदै गर्दा कस्तो राजकुमार चाहन्छे भन्ने भावना गीतमा व्यक्त छ साथै भिडियोमा पनि यसलाई नै देखाउने प्रयास गरिएको छ’, मेलिनाले भनिन् ।

यसमा तपाइको मत

अन्य समाचार