काठमाडौं,
पौष ८ ।
गीतकार बाल चन्द्र (बालक) गुरुङको सुर सुगन्ध विमोचित भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानका एक कार्यक्रमबीच उनको तेस्रो गीति एल्बम विमोचित भएको हो । बरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यतामा सुर सुगन्धलाई सार्वजनिक गरिएको थियो ।
बालकको एकल रचना रहेको एल्बमका गीतमा दीपक खरेल, मेलिना राई, स्वरुपराज आचार्य, राजेस पायल राईको स्वर रहेको छ ।

गीतकार संघको आयोजनामा भएको कार्यक्रममा एल्बमका गीतमा बरिस्ठ सङ्गीतकार बुलु मुकारुङ र बरिस्ठ गीतकार राजेन्द्र थापाले टिप्पणी गरेका थिए ।
चुडामणि देबकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अन्य अतिथिहरुले बालकलाई बधाई तथा शुभकामना दिएका थिए ।






