काठमाडौं,
पौष ६ ।
चलचित्र लालपुर्जाको ट्रेलर एवम् गीत सार्वजनिक भएको छ । आगामी माघ ४ गते देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका दुई अलग शैलीमा बनाइएको एउटै ट्रेलर सार्वजनिक गरिएको थियो ।
निगम श्रेष्ठ निर्देशित यो चलचित्रमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटीलगायत फिचर छन् । निर्देशक श्रेष्ठले जग्गालाई लिएर हुने दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइ चलचित्रले चित्रण गर्ने बताए ।
अतिथि लेखक समेत रहेका उपन्यासकार नगरकोटी यसमा केमियो भूमिकामा छन् । उक्त अवसरमा निर्माण कम्पनी नेगेटिभ बुद्धले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘ज्ञ’लाई नगरकोटीले निर्देशन गर्ने जानकारी दिइयो ।
‘कथा, निर्देशन र संवाद मैले उक्त चलचित्रमा गर्दैछु’ नगरकोटीले भने, ‘लालपुर्जा मेरा लागि मात्र चलचित्र नभएर उत्सव समेत हो ।’ निर्माता विक्रमसिंह थारुले माघ ४ गते कलाकारिताको महाकुम्भ भएको बताए ।
अभिनेता हरिहर शर्माले अहिलेसम्म आफूले गरेको भूमिकाभन्दा लालपुर्जा चरित्र चित्रणमा भिन्न रहेको बताए ।
https://www.youtube.com/watch?v=9D3aF5n1ajo






