चितवन,
पौष ५ ।
पर्यटकीय नगरी सौराहमा चलचित्र लभ डायरिजको छायांकन भइरहेको छ । माया प्रेम र कमेडीलार्इ समाबेशगरि निर्माण थालिएको चलचित्र लभ डायरिज मनोरञ्जनसँगै सन्देशमुलक बन्ने चलचित्रका निर्देशक सौरभ चौधरीले बताए ।
सौराह पछि पोखरा र काठमाडौंमा छायांकन गरिने यो चलचित्रको अहिलेसम्ममा ३० प्रतिशत सुटिङ्ग सम्पन्न भइसकेको निर्देशक चौधरीले जानकारी गराए ।
होस्टल रिर्टन्स, सायद २, कारखाना जस्ता चलचित्रमा अभिनय गरेका शुसिल श्रेष्ठको चलचित्रमा मुख्य भुमिका रहेको छ । शुसिलसँगै चलचित्रमा नायीकाको रुपमा रुविना थापा रहेकी छन् । उनको यो डेव्यु चलचित्र हो ।
त्यस्तै अन्य कलाकारमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका रहेका छन् ।
चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहेको छन् भने साहिल र मिलन श्रेष्ठले चलचित्रलाई सम्पादन गर्ने छन् ।
विनोद सापकोटाको निर्माण, सरोज तुलाधरको सहनिर्माण रहको यो चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल सङ्गीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा चार गीत समाबेश गरिएको छ ।






