काठमाडौं,
पौष ४ ।
गत शुक्रवारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘गोरे’लाई दर्शले साथ दिएका छन् । पछिल्लो समयमा चलचित्रले राम्रो व्यापार नगरिरहेको अवस्थामा गोरेलाई भने दर्शकले साथ दिएका हुन् ।
प्रस्तुतकर्ता सूर्य जि.सि. रहेको यो चलचित्रमालामो समयान्तर पछि नायक दिलिप रायमाझीको उपस्थिति र मार्शल आर्ट ताईक्वाण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका नायक राकेश कुमार राईकोे दमदार एक्शन भूमिका रहेको छ ।
‘गोरे’ एक्शन, रोमान्टिक एवम् समसामयिक विषयवस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र भएकोले व्यवसायिक रुपले सफलता पाहिरहेकोे निर्माता जि.सि.को भनाई छ ।
रामेश कुमार राईको निर्देशन रहेको ‘गोरे’मा दिलिप रायमाझी, अनु शाह, रबिन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित आदिको साथमा नवप्रस्तुती राकेशकुमार राई, डा.गुन्नु घर्ति, अभिषेक गिरीलगायतका कलाकारको अभिनय रहेको छ । जि.एस. मुभि मेकर्सको लागि रुपा जि.सि. चलचित्रको निर्मात्री हुन् ।






