लिटिल स्टार अफ दि इयरको दोस्रो सिजन सुरु

काठमाडौं,
पौष २ ।

लिटिल स्टार अफ दि इयरको दोस्रो सिजन सुरु भएको छ । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’ सुरु भएको हो ।

आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टले प्रतियोगीताको आवेदन खुल्ला भएको जानकारी गराएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले गत बर्षबाट यो प्रतियोगिता सुरु गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

७ देखि १४ बर्षसम्मका बालबालिकाले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन् । ७ देखि ९, १० देखि १२ र १३ देखि १४सम्मगरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो चरणको अडिसन आगामी शनिबार दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई सङ्गीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासनलगायत बिषयको प्रशिक्षण सहित अन्तिम स्पर्धा उतारिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले बताए ।

मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफी रहने प्रतियोगितामा गायिका कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाललगायतले समेत प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार