काठमाडौं,
पौष १ ।
लाउनेले नजर लगाए.. भन्दै छिन् गायिका बिन्दु परियार । उनको स्वरमा लाउनेले नजर लगाए…. बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
यो यूगल गीतमा गायिका बिन्दुलाई सङ्गीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् ।
आशिष अविरलकै सङ्गीत निर्देश्ननको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।
अर्जुन अधिकारीको निर्देशनमा तयार भएको उक्त गीतको नृत्यपरक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ ।
भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन् । यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि बिन्दुको लोकप्रियता बढेको छ । उनी साङ्गीतिक कार्यक्रमहरुमा समेत सक्रिय भइरहेकी छिन् ।
https://youtu.be/wnRu5kcVV7s






