बन्ने भयो वास्तुशास्त्र

काठमाडौं,
मंसिर २६ ।

चलचित्र वास्तुशास्त्र निर्माण हुने भएको छ । नेपाली चलचित्रका पुराना निर्माता सुरज प्रधानको निर्माणमा यो चलचित्र बन्ने भएको हो । राजधानिमा एक कार्यक्रमकाबीच चलचित्रको शुभमुहुर्त गरिएको छ ।

राजु लामाले निर्देशन गर्ने यो चलचित्रमा उनकै कथा रहेको छ । सिनेमा मुभी मेक्सर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा चलचित्र पारिवारिक प्रेम कथामा आधारित रहेर निर्माण हुने बताए निर्माता सुरज प्रधानले जनाए ।

चलचित्रमा समिर लामा, साजन बास्कोटा मिलन श्रेष्ठ, सुष्मिता देउला, संगीता दोंग, संगीता थापा, हेने सोनी, सुरबीर पण्डित लगायतकाका कलाकारको अभिनय रहेने छ । सम्भु सापकोटा र बिक्रम कार्कीलेको छायाँकन रहेने चलचित्रमा यस कुमारको सङ्गीत रहेको छ ।

शुख दुःख, दुर्गा, माईति, मालती, सलाम छ माया लाई, सम्झिदिए पुग्छलगायत १२भन्दा बढी सफल चलचित्र निर्माणगरि सकेका सुरज प्रधानको यो १३ औ सिनेमा हो ।

यसमा तपाइको मत

अन्य समाचार