युएईमा निशा पोमुको बेजोड प्रस्तुति हुने

काठमाडौं,
मंसिर २५ ।

युएईमा नेपाली कलाकारले बेजोड प्रस्तुति दिने भएका छन् । युएई, किरात याक्थुङ चुम्लुङ, युएई (चुम्लुङ, युएई)द्वारा आयोजित ‘चासोक तङ्नाम ३७९६, सांस्कृतिक कार्यक्रम २०१७’मा कलाकारले विशेष प्रस्तुति दिन लागेका हुन् ।

कार्यक्रममा गायक ताराप्रकास लिम्बु, पहिलो मिस लिम्बू प्रतियोगिताको ‘मिस ट्यालेन्ट’ उपाधि बिजेता नायिका तथा मोडेल निशा पोमू र कलाकार यासेली योङ्हाङको मुख्य प्रस्तुति रहने आयोजकले उल्लेख गरेको छ ।

मोडल निशा पोमु नेपाली चलचित्र र म्युजिक भिडियोकी चर्चित एवम् ब्यस्त कलाकारमा पर्दछिन् । उनले त्यहाँ चर्चित चारवटा गीतमा नृत्य गर्नेछिन् ।

युएईका स्थानीय कलाकारहरुको पनि जोडदार प्रस्तुतिका साथमा लिम्बू, राईलगायत विभिन्न समुदायको मौलिक सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । ‘यही शुक्रबार २९ गते तदनुसार १५डिसेम्बरका दिन होलिडे ईन होटलमा हुने कार्यक्रममा हामी बिहिबार जाँदै छौ’, नायिका पोमूले भनिन् ।

‘हामीले कार्यक्रमको सम्पूर्ण तयारी गरिसकेका छौ, कार्यक्रमलाई भव्य बनाउन लागिपरेका छौ’, चुम्लुङ युएईका अध्यक्ष मनिष नाल्बोले भने ।

यसमा तपाइको मत

अन्य समाचार