काठमाडौं,
मंसिर २४ ।
यही २९ गते शुक्रबारबाट देशभरिका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘गोरे’को ‘लिटका लिटर पोखियो माया….’ अहिले चर्चामा छ । डेविट शंकर र नित्या शिवाको स्वरमा रहेको यो गीतमा चलचित्रका नयाक दिलिप रायमाझी र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् ।
शंकर अधिकारी घायलको गीत बिकाश चौधरीको सङ्गीत रहेको यो गीतले राम्रै भ्युअर्स पाइरहेको छ यतिवेला ।
यो चलचित्र मार्फत नायक दिलिप रायमाझी लामो समय पछि पुन पर्दामा देखिदैछन् । रामेश कुमार राईको निर्देशनमा तयार चलचित्र गोरेमा दिलिपको साथमा अनु शाह, राकेश कुमार राई, डा. गुन्नु घर्ति, अभिसेक गिरी, बिमला आचार्य, रबिन्द्र आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।
जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्र लाइ सुर्य जिसीले प्रस्तुत गरेका हुन् भने रुपा जिसी चलचित्रकी निर्मात्री हुन् ।






