‘मट्टिमाला’को इण्डक्लायप

काठमाडौं,
मंसिर २३ ।

चलचित्र ‘मट्टिमाला’को इण्डक्लायप गरिएको छ । कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको हो ।

तीन महिना लगाएर काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानीलगायतका ठाउँहरुमा छायाँकन गरेको चलचित्र टीमले सिन्धुली गढीमा चलचित्रको एक गीतको छायाँकन गर्दै छायाँकनको सम्पुर्ण काम सकेको चलचित्रका निर्देशक टेके पौरखी राईले जानकारी गराएका छन् । ‘चलचित्रको ७० प्रतिशत छायाँकन राजधानी र बाँकी राजधानी बाहिर भएको छ’, निर्देशक राईले बताए ।

‘मट्टिमाला’को कथाले गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धलाई बोलेको छ । चलचित्रको बिषयमा बोल्दै निर्देशक राई भन्छन्, ‘एउटा गाउँमा जीवन यापन गर्ने युवा र शहरमा जीवन यापन गर्ने युवाहरुको कथामा यो चलचित्र निर्माण गरिएको हो । चलचित्रमा द्वन्द्व, मनोरञ्जन, मायाप्रेम सबै पाउनु हुनेछ ।’ उनका अनुसार चलचित्रका मुख्य कलाकार बुद्धि तामाङ गाउँले युवाको भूमिकामा देखिनेछन् । चलचित्रमा बुद्धि र रजनीको साथमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्यलगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक राई स्वयमले लेखेका हुन् भने चलचित्रमा पृथ्वी राईको लगानी छ । सुमन राईको सङ्गीत रहेको यो चलचित्रको रोश भट्टाई, जानु काम्बाङ लिङदेन, साङ्लोन तामाङ गीतकार हुन् । चलचित्रका गीतमा संगीता थापा, सुन्दर लामा, अमृता लिम्बु, बबिना किरातीको स्वर रहेको छ ।

राहुल राईले खिचेको यो चलचित्रलाई अनिल कुमार महर्जनले सम्पादन गर्नेछन् । चलचित्र यसैबर्षको अन्तिममा प्रदर्शन गर्ने तयारीमा रहेको निमाणपक्षले बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार