‘गोरे’कोे सेकेण्ड हेन्ड जवानी (भिडियोसहित)

काठमाडौं,
मंसिर २० ।

चलचित्र ‘गोरे’कोे ‘सेकेण्ड हेन्ड जवानी…’ सार्वजनिक भएको छ । मंसिर २९ बाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको आइटम गीत ‘सेकेण्ड हेन्ड जवानी…’ सार्वजनिक भएको हो ।

ऐलिना श्रेष्ठ र डेभिड शंकरको स्वरमा रहेको यो गीतमा विकास चौधरीको सङ्गीत र शंकर अधिकारी ‘घायल’को शब्द रहेको छ । गीतमा नायिका खुस्बु खण्डकाले खुलेर अभिनय गरेकी छन् । जसमा उनको ग्ल्यामर देखिन्छ ।

यो चलचित्र मार्फत नायक दिलिप रायमाझी लामो समय पछि पुन पर्दामा देखिदैछन् । रामेश कुमार राईको निर्देशनमा तयार चलचित्र गोरेमा दिलिपको साथमा अनु शाह, राकेश कुमार राई, डा. गुन्नु घर्ति, अभिसेक गिरी, बिमला आचार्य, रबिन्द्र आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्र लाइ सुर्य जिसीले प्रस्तुत गरेका हुन् भने रुपा जिसी चलचित्रकी निर्मात्री हुन् ।

यसमा तपाइको मत

अन्य समाचार