केही चोटले भन्दै प्रकाश (भिडियोसहित)

 

काठमाडौं,
मंसिर १६ ।

प्रकाश सिंहले ‘केही चोटले… बोलको गीत लिएर आएका छन् । उनले आफ्नै शब्द, सङ्गीत र स्वरमा यो गीत लिएर स्रोता-दर्शक समक्ष आएका हुन् ।

फिरोज बज्राचार्यले गीतको एरेञ्ज र मिक्सिङ गरेका छन् । केही चोटले हानी गरायो केही चोटले ज्ञानी बनायो बोलको यो पप गीत मर्मस्पर्शी रहेको छ ।

गीतको भिडियोमा मोडल कलाकार बर्षा सिवाकोटी र गम्भिर बिष्ट फिचरिङ भएका छन् । ज्ञानेन्द्र शर्मा र महेश जोशीले गीत खिचेका छन् भने कलर र सम्पादनको काम नबीन निरौलाले गरेका हुन् । गम्भिर बिष्टको निर्देशन रहेको गीतको भिडियोलाई सुरेन बस्यालले सह निर्देशन गरेका छन् ।

हङकङ (मकाउ)मा रहेर पनि गायक प्रकाश सिंह गीत सङ्गीतमा तल्लीन रहेका युवा सङ्गीतकर्मी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार