१७ बर्षे जोवन भन्दै आयो माई लभ (भिडियोसिहत)

काठमाडौं,
मंसिर १२ ।

यही मंसिर २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र माई लभ १७ बर्षे जोवन भन्दै आएको छ । चलचित्रको रोमान्टिक गीत १७ बर्षे जोवन सार्वजनिक गरिएको हो । गीतमा कलाकार गणेश लामा र शितल श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

१७ बर्षे जोवन बोलको गीतमा अर्जुन मुसोङको शब्द र सङ्गीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कथा पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ चलचित्र ।

जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । त्यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।

माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार