काठमाडौं,
मंसिर ७ ।
गायिका मेनुका पौडेलले जुनी जुनी बोलको गीत लिएर आएकी छन् । नेपाल आइडलको उत्कृष्ट १० भित्र पर्न सफल उनले गायक सुगम कार्कीसँग रोमान्टिक गीत ‘जुनी जुनी’ गायकी हुन् ।
जसको भिडियो समेत बनाइएको छ । भिडियोमा यि गायक गायिका नै गीत गाउदै गरेको देखिएका छन् ।
सार्वजनिक जुनी जुनी बोलको गीतको शब्द केशब राज रसाइलीले कोरेका हुन् । सङ्गीतकार तथा एरेन्ज पुस्कर सुनुवारको रहेको छ ।
भिडियोमा सम्पादन तथा छायांकन नबिन सुनुवारको रहेको छ । भिडियो सन्ध्या म्युजिकले बजारमा ल्याएको छ ।






