‘मिस्टर झोले’ले कभर भिडियो कम्पिटिसन गर्ने

आगमी पुष २८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको ‘मिस्टर झोले’ले कभर भिडियो कम्पिटिसन गर्ने भएको छ । चलचित्र केहि समय अगाडी सार्वजनिक ‘ओखती…..’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरिएको छ ।

पुष २३ गते (जनवरी ७)मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि कभर भिडियो स्पर्धा सुरु भएको हो ।
जो कोहि इच्छुकले कभर भिडियो बनाई पुष २१ गते (जनवरी ५)सम्म (info@highlightsnepal.com) मा मेल गरेर भाग लिन सकिने बताइएको छ ।

यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्ने चलचित्र निर्माण युनिटले जनाएको छ ।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको सङ्गीत रहेको यो चलचित्रमा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार