जनकपुर,
मंसिर ४ ।
अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि जितेराज यादबले जितेका छन । पुर्बाञ्चलको विभिन्न शहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो ।
त्यसैगरि फर्स्ट रनरअप सुष्मिता अधिकारि, सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादब बिजेता बन्न सफल भएका थिए ।
बिजेता जितेराज यादबलार्इ २५ हजार रुपैयासहित ट्रफी प्रदान गरिएको थियो । अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ अन्तिम प्रतिश्प्रधामा मोडल संजय राज बिक्रम, रन्जना न्यौपाने सिंह र प्रसान्त गौतम निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा प्रहरी उपरिक्षक चक्रबहादुर सिंह रहेका थिए ।
कोरियोग्राफर रब्स सापकोटाले कोरियोग्राफ्री गरेको ‘अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७’ सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो । युनिभर्सल जुम इन्टरटेन्मेण्टले ब्यबस्थापन गरेको यस सौन्दर्य प्रतियोगिताको इभेन्ट डाइरेक्टर सागर श्रेष्ठ थिए भने ईभेण्ट संयोजकमा रबिन अधिकारी रहेका थिए । कार्यक्रमको संचालन आर्जे भिजे रन्जीत पौडेल गरेका थिए ।
यस सौन्दर्य प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा अन्य क्षेत्रमा तथा विभिन्न प्रतिस्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङ्स नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताएका छन् ।






