भारतकी मानुषीलाई मिस वर्ल्डको ताज

एजेन्सी ।

भारतकी मानुषी चिल्लरले सन् २०१७ को मिस वर्ल्डको ताज पहिरेकी छिन् । सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले फेरि यो उपाधि हात पारेको हो ।

चीनको सान्या सहरमा आयोजित भव्य कार्यक्रमबीच विभिन्न देशका १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले यो उपाधिमाथि कब्जा जमाइन् । उनलाई सन् २०१६ की मिस वर्ल्ड प्युट्रो रिकोकी स्टेफेनी डेल भालेले ताज पहाराइदिइन् । वेलायत, फ्रान्स, केन्या र मेक्सिको टप फाइभमा पुगेका थिए ।

२१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । उनी हाल दिल्लीमा बस्दै आएकी छिन् । सोनीपतको मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् । उनका मातापिता दुवै डाक्टर हुन् ।

नेपालकी निकिता चन्दक टप ४० सम्म पुग्न सफल भएकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार