काठमाडौं,
कार्तिक २८ ।
टम मोडल २०१७को उपाधि पुरुषोत्तम मलिक र सबिना भण्डारीले चुमेका छन् । उनीहरुले फेशन संसार डट कमको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा यो उपाधि चुम्न सफल भएका हुन् ।
त्यस्तै टप मोडल २०१७ मा युवातर्फ फर्स्ट रनरअप विकल्प शर्मा र सेकेन्ड रनरअप गणेश चन्द बन्न सफल भएका थिए भने युवती तर्फ फर्स्ट रनरअप रन्जिता भट्टराई र सेकेन्ड रनरअप संगीता थापा भए ।
प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक फेशन संसार डट कमको सी ई ओ ओम ढुंगेलले बताए ।
टप मोडल २०१७ को अन्तिम प्रतिस्धामा सञ्चारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेल अज्जु निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।
टप मोडल २०१७ सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर अज्जु मन्सुरले गरेका थिए ।
‘यस सौन्दर्य प्रतियोगिताले नेपाली युवा युवतीबीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा बिश्वस्त छु’, फेशन संसार डट कमको डाइरेक्टर सुरेक्षा भट्टराईले भनिन् । कार्यक्रमको सञ्चालन आश्विनी झा तथा सन्नी निधिले गरेका थिए ।






