सन्जीवको ए मेरो मामा (भिडियोसहित)

काठमाडौं,
कार्तिक २५ ।

पछील्लो समयमा नेपाली गीत संगीतमा नाच्ने खालका गीतहरुको बाहुल्यता बड्दो छ । यसै भिडमा गायक सन्जीव सिंह रानाले पनि एउटा धमाकेदार नाच्न मिल्ने गीत लिएर आएका छन्।

उनको ए मेरो मामा बोलको गीतको भिडियोमा अहिलेको चर्चित डान्स ग्रुप स्ट्रकपपले आफ्नो कला प्रस्तुत गरेका छन भने ग्रुपसँगै अहिलेकी निकै चर्चित मोडल अलिशा रार्इ पनि देखिएकी छन्।

गायक रानाको ूए मेरो मामाूको भिडियोलाई अहिलेका चर्चित सम्पादक टेकेन्द्र शाहले निर्देशन् गरेका हुन भने राम कुमार केसीको छायाँकन रहेको छ ।

भिडियोको सम्पादन र रङरोगनको जिम्मा पनि निर्देशक आँफैले सम्हालेका छन् । भिडियोलाई लाइम्लाइट नेपालले निर्माण गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार