एक साता अगाडि आउने भयो ‘राज्जा रानी’ : केकी-नाजिर फिचर गीत सार्वजनिक

काठमाडौं,
कार्तिक २४ ।

चलचित्र ‘राज्जा रानी’ पूर्व निर्धारित प्रदर्शन मितिभन्दा एकहप्ता पहिला सिनेमाघरम आउने भएको छ । नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको हो ।

वितरकसँगको समझदारीमा याम थापा निर्देशित सिनेमा पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले नयाँ रिलिज मिति घोषणासँगै रोमान्टिक गीत पनि लन्च गरेको छ ।

दीपक शर्माद्धारा सङ्गीतबद्व ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजिर फिचर छन् । नेपालगंजको पठारमा छायाँकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ । राजेन्द्र थापाले गीत लेखेका हुन् । प्रेमकथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार