म्युजिकल लभ स्टोरी चलचित्र लभ इन पोखरामा देबेश

पोखरा,
कार्तिक २४ ।

चलचित्र लभ इन पोखराको यतिवेला पोखराका विभिन्न स्थानमा छायाँकन भइरहेको छ । सोल्टी फिल्म प्रडक्सनको प्रस्तुति रहेको यो चलचित्र छायाँकनमा रहेको हो ।

सम्भु गुरुङले निर्माण गरिरहेको यो चलचित्रमा उनकै कथा प्रकाश राना मगरको लेखन र निर्देशन, राजेश गुरुङको सह निर्देशन र मिलन शंकरको छायाँकन रहेको छ ।

म्युजिकल लभ स्टोरी रहेको यो चलचित्रमा देबेश राई नायक छन् भने नानी चित्रकार र एलिसा प्रधान नायिका रहेका छन् । यस्तै चलचित्रका अन्य कलाकारमा विशाल गुरुङ, इसिका नेम्वाङ, सबिता पोख्रेललगायतका रहेका छन् ।

‘यो म्युजिकल लभ स्टोरी चलचित्र हो, यसमा हिरोको आइडियल अरुण थापा रहेको हुन्छ’, नायक देबेशले भने । चलचित्र सबै गीतहरु अरुण थापाकै रहने बताइएको छ । अरुण थापाका ऋतुहरुमा तिमी, जति माया लाए पनि, भुलु भुलु लाग्यो मलाई जस्ता गीतहरु समावेश गरिएको देबेशले जनाए ।

यसमा तपाइको मत

अन्य समाचार