किन खेल्यौ पिरतीको खेल सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक २० ।

गायक नरेन्द्र प्यासीको ‘किन खेल्यौ पिरतीको खेल’ गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजनाकाबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यो गीत पत्थरको दिल एल्वममा समावेश रहेको छ । यसमा ताराप्रसाद चापागाईको एकल रचना रहेको छ ।

वियोगान्त र माया प्रेममा विछोडिएको कुरा गीतले दर्शाउन खोजेको छ । सनम पुरुषको सङ्गीत रहेको गीतको भिडियोमा मनिल तामाङ, सुविना राइ, रिजन चापागाइलाई फिचरिङ् गरिएको छ । प्रियजन राइले निर्देशन गरेको यस म्युजिक भिडियोलाई पुर्वेली जुनतारा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार