कान्छीको चरी चट्ट परी सार्वजनिक (भिडियो सहित)

काठमाडौं,
कार्तिक १६ ।

चलचित्र कान्छीको पहिलो गीत ‘ए चरी चट्ट परी….’ सार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजनाकाबीच गीत सार्वजनिक गरिएको हो । तीन बर्ष पहिले रिलिज चलचित्र ‘कोहिनुर’पछि पहिलो पटक पर्दामा आउँदै गरेकी अभिनेत्री श्वेता खड्का स्टारर चलचित्र ‘कान्छी’को सार्वजनिक गीतमा श्वेताले दयाहाङ राईसँग जोडी बाँधेकी छिन् ।

ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन गर्दै यो गीत ३ दिन लगाएर खिचिएको थियो । लोक फ्लेभरको सार्वजनिक गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

राजनराज शिवाकोटीको शब्द, स्वर सङ्गीत सामवेश गीतमा लेडिज भर्सनमा अञ्जु पन्तले स्वर भरेकी छिन् ।
आकाश अधिकारी निर्देशित यो चलचित्र आगामी माघ २६देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको छ । पुरुषेत्तम प्रधानले छायाँकन गरेको यो चलचित्रका अधिकांश दृश्य मुस्ताङका खिचिएको छ ।

चलचित्रमा दयाहाङ र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेस्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार