काठमाडौं,
कार्तिक १५ ।
पछिल्लो समयका लोकप्रिय सङ्गीतकार अर्जुन पोख्रेलको सङ्गीत र एरेन्जमा, नव गायक पासाङ सेर्पाको पहिलो आवज रहेको गीत सार्वजनिक भएको छ ।
संखुवासभाका गायक सेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘घरबार बसाई देउ ‘ सार्वजनिक गरेका हुन। उक्त गीत गीतकार सुमित्रा ‘अश्रुधारा’को शब्द रचना रहेको छ ।
पछिल्लो पुस्ताबीच गीतकारको लहरमा आफूलाइ उभ्याउनु लागिपरेको नव गीतकार हुन सुमित्रा भने पासाङ सेर्पाले पनि यही गीत बाट डेब्यु गर्दै छन्।
उनी यही गीतबाट आफूलाइ अरुसम्म पुराउन र चिनिन सक्नेमा भरोसा राख्छन र आफूलाइ गीत सङ्गीतको दुनियाँ उभाउन चाहन्छन र बिश्वास पनि राख्दछन ।






