एकान्तमा भैटौ मायालु भन्दै आइन जुना

काठमाडौं,
कार्तिक १५ ।

लोक गायिका जुना बस्नेतको गीत ‘एकान्तमा भेटौ मायालु’ भन्दै आएकी छन् । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक अडियोमा उनी ‘एकान्तमा भेटौ मायालु’ भन्दै आएकी हुन् ।

यस गीतमा जुना बस्नेत (मुक्तान) र दीपक लाखेको स्वर रहेको छ । गीतमा सञ्चारकर्मी प्रकाश थापा पुलामी मगरको शब्द÷लय छ । ‘गीत निकै रमाइलो र ठट्टेउली पाराको छ’, प्रकाश भने ।

गीतमा आफ्नो मायालुलाई एकान्तमा भेट्न आउन आग्रह गरिएको छ । भेटेर त्यतै माया प्रेमको गफगाफ गरौला भन्ने भाव गीतले पोखेको छ । गीतलाई दौंतरी क्रियसन प्रा.ली.ले बजारमा ल्याएको छ ।

यसमा तपाइको मत

अन्य समाचार