काठमाडौं,
कार्तिक १० ।
चलचित्र हुर्रेको फस्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुक पोष्टर मार्फत पात्र परिचय गराइएको छ । पोष्टरमा चलचित्रका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् ।
कमेडी जनरको यो चलचित्रमा लेखन तथा निर्देशन यम थापाको रहेको छ । दावा शेर्पा ‘शेट्टी’को प्रस्तुति रहेको चलचित्र ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ् दोर्जे लामाको लगानी रहेको छ भने चलचित्रका सह निर्माता अरुण सेदाई रहेका छन् ।






