काठमाडौं,
कार्तिक ७ ।
चलचित्र कान्छिको इन्डकल्याप गरिएको छ । लक्ष्मी पुजाको दिन छायांकन सकिएको चलचित्र छायाँकनका लागि ५० दिनमा लागेको थियो ।
आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र श्वेता खड्काको मुख्य भुमिका रहेको छ । चलचित्र मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका स्थानमा छायानँकन गरिएको अभिनेत्री श्वेताले जानकारी दिइन् ।
चलचित्रमा दयाहाङ र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेस्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।
ग्रामिण भेगको बिषय बस्तुमा निर्माण भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ । श्वेताको यो अभिनयमा कमब्याक चलचित्र पनि हो ।
श्वेताले निर्माण गरेको योचलचित्र ‘कान्छी’ २६ माघबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेकी अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप २६ माघमा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।






