जले–जले म जले तिम्रो प्यारमा भन्दै पुन्यम (भिडियो सहित)

काठमाडौं,
असोज २९ ।
गायक पुन्यम प्रधान जले–जले म जले तिम्रो प्यारमा भन्दै आएका छन् । गायक पुन्यमको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा राजधानीमा लोकार्पण भएको हो ।

चर्चित सङ्गीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा सङ्गीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण भएको छ ।

नविन श्रेष्ठको शव्द तथा सङ्गीत अनि अनिल शाहीको म्युजिक एरेञ्ज रहेको उक्त गीतको भिडियोको निर्देशन विश्व प्रधानले गरेका हुन् । भिडियोमा रिस्ता बस्नेत, निशान खत्री, सिर्जना थापा बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार