उड्न देउ भन्दै आए सुभाष (भिडियो सहित)

काठमाडौंं,

असोज २५ ।

गायक सुभाष सुन्दास उड्न देउ भन्दै आएका छन् । उनी आफ्नो नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका हुन् । गायक सुन्दासले पछिल्लो एकल एल्बम ‘उड्न देउ’ को शीर्षक गीत ‘उड्न देउ…’ को म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक भएको हो ।

हाइलाइट्स रेकर्ड्सको च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । गायक सुन्दासकै शब्द तथा सङ्गीतको उक्त गीतलाई रोमी बस्नेतले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक जोयको म्युजिक लेभलमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियो साइप्रसका आकर्षक लोकशनमा छायाँकन गरिएको छ । खासगरी समुद्री किनाराका दृष्यहरु अत्यन्त रमणीय लाग्छन् । आकर्षक लोकेशनमा कलाकारहरुले पनि उत्तिकै उत्कृष्ट अभिनय गरेका छन् ।

बिरन मगरको निर्देशन तथा छायाँकनको उक्त भिडियोमा गायक सुन्दाससँगै सोनिया श्रेष्ठ तथा दिनेश कार्कीले अभिनय गरेका छन् । भिडियोमा एउटा रोमाञ्चक प्रेम कथालाई चित्रण गरिएको छ । माधव बेल्बासेद्वारा सम्पादन गरिएको उक्त भिडियोका केही दृष्यमा भिएफएक्स समेत गरिएको छ । भिडियोमा भिएफएक्स सुनिल थापाले  गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार