आदित्यनारायणको फूल जस्तै सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज २० ।

नेपाली र भारतीय गीत–सङ्गीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदितनारयण झा का छोरा आदित्यनारायण झा को नेपाली आधुनिक गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ ।

यसअघि थुप्रै चलचित्रका गीत गाईसकेका आदित्यको यहि पहिलो आधुनिक गीत रहेको गीतकार एवम् निर्देशक सञ्जय बराल बताउँछन् । यतिबेलाका चर्चित अनि व्यस्त सङ्गीतकार शिखर सन्तोषको सङ्गीत रहेको उक्त गीत ‘फूल जस्तै’ मनी शर्मा रिजालले लेखेका हुन् । रिजालले पछिल्लो समयमा निकै राम्रा सिर्जनाहरु पस्किन थालेपछिको अर्को उत्कृष्ट गीत बनेको सङ्गीतकार सन्तोष बताउँछन् ।

फूलको जस्तो वास्ना लिएर प्रमिका एक प्रेमीलाई भेट्न आउँदा कस्तो हुन्छ होला भन्ने भाव मिसिएको उक्त गीतमा वुद्ध थापाको टीमले क्यामेरामा साथ दिएका छन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियोलाई गीतकार एवम् निर्देशक सञ्जय बरालले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा नायीका एवम् मोडल केकी अधिकारी र मोडल पुष्पल खड्काको अभिनय रहेको छ । गीतलाई जेन मिडियाले सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार