चार कदम भन्दै आए अबिनास (भिडियो सहित)

काठमाडौं,
असोज १० ।

गायक अबिनास न्यौपाने ‘चार कदम…’ भन्दै आएका छन् । उनको दोस्रो एल्वममा समाबेश ‘चार कदम’ वोलको पप गीतमा उनले यसो भनेका हुन् ।

विश्वबन्धु न्यौपानेको लेखेको, हरि कंडेलले सङ्गीत भरेको र बिनय केटुको संगीत संयोजन रहेको यो गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

छोटो समयमा दर्शक तथा स्रोताहरुको मन जित्न सफल न्यौपानेले केही समयअघि निलो आकाश, मायालु, झिल्के साइलोलगायतका गीति एल्वमहरु बजारमा ल्याएका थिए ।

निर्देशक दिनेश बस्नेतको निर्देशनमा गीतको भिडियो राम्रो बनेको छ । जसलाई सुलभ अधिकारीको छायांकन गरेका छन् भने भिम बिसीले सम्पादन गरेका छन् ।

‘वी वान क्रिउ’को नृत्य रहेको यस गीतको म्युजिक भिडियोमा निखिल बिसीको कोरीयोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार