न्युरोड कम्प्लेक्समा दशैं फेस्टिभल सम्पन्न

काठमाडौं,
असोज ९ ।

नेपालीहरुको महान् पर्व दसैंमा मनोरन्जन प्रदान गर्न एवम् शुभ कामना आदान प्रदान गर्ने उद्दश्यका साथ काठमाडौंको न्युरोड स्थित न्यूरोड कम्प्लेक्समा दशै फेस्टिभलको आयोजना सम्पन्न भएको छ । आर्टिस्ट नेपाल तथा न्यूरोड कम्प्लेक्सले संयुक्तरुपमा सञ्चालन गरेको उक्त दशैं महोत्शव अशोज २ देखी अशोज ८ सम्म चलेको थियो ।

बिभिन्न मनोरन्जानत्मक कार्यक्रमसँगै कम्प्लेक्समा भिजिटका लागि आएका सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क बिभिन्न उपहार एबम् डिस्काउन्ट कुपन प्रदान गरेको थियो । दैनिक ११ बजे देखी ५ बजे सम्म सञ्चालन भएको उक्त कार्यक्रममा गीत सङ्गीत, हास्य ब्यङय, नृत्य लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।

एक सातासम्म सञ्चालन रहेको यस् फेस्टिभल कार्यक्रममा नेपाली राष्ट्रिय स्तरसम्मका झन्डै ४ दर्जन कलाकारहरुले आफ्ना बिभिन्न कला प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए ।

शुभकामना आदान प्रदानको लागि चर्चित गायक मिङ्मा शेर्पा, गायिका प्राश्ना शाक्य, सपन श्रेष्ठ, आकांक्षा बस्याल, अर्पना श्रेष्ठ, सीमा शाह, हास्यकलाकार एवम् गायक सङ्गीतकार यमन श्रेष्ठ, एन्जिला रेग्मी, सुशिला पाठक, सिमान्त सन्तोष, नायिका तथा गायिका सारिका घिमिरे, बिनय केट्वो, हास्यकलाकार शिवहरी पौडेल, यस जोडी, हाक्काहाक्कीका कलाकार सुजीत थापा डेवीड, तथा गायकहरु रवि सुवेदी, सुरेन्द्र श्रेष्ठ सुमन के श्रेष्ठ, प्रदीप लामा, रामकृष्ण श्रेष्ठ, सिम्रन लामा, प्रिया कालीकोटे, डिएसएका विजेताहरुलगायत मोडल तथा कलाकारहरुको उपस्थिती थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुलाई आर्टिष्ट नेपाल तथा न्यूरोड कम्पलेक्सको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालनको जिम्मा पाएकी सोनिया जिआरले उपस्थित ग्राहकहरुलाई बिभिन्न प्रश्न सोधी कम्प्लेक्समा म्यानेजर सञ्जय महर्जनले गिस्ट ह्याम्पर प्रदान गरेका थिए । न्युरोड कम्प्लेक्स दशैं फेस्टिभलमा निःशुल्क मेहन्दी, निःशुल्क फेस तथा ह्यान्ड पेन्टिङ, फ्री रिचार्ज कार्ड, फ्री पेनड्राईभ, तथा बिभिन्न पसलहरुमा ५० प्रतिशत सम्मको छुट एवम् विभिन्न कुपन बितरण गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार