काठमाडौं,
भाद्र २८ ।
नेपालीहरुको महान् पर्व दशैं नजिकिदै छ । यही अवसरमा बिभिन्न गीत सङ्गीत बजारमा आइरहेका छन् । यसै मेसोमा गायक तथा सङ्गीतकार टंक बुढाथोकीको दशैं गीत ‘दशैं आयो परदेशीको मनै रुवायो…’को भिडियो सार्वजनिक भएको छ ।
दशैंका बेला परदेशीहरुको अवस्था कस्तो हुन्छ भन्ने वास्तविकतालाई नजिकबाट प्रस्तुतिकरण गरिएको यो भिडियो कारुणिक र मर्मश्पर्शी बनेको छ ।
यस गीतमा शब्द तथा सङ्गीत दिपक पाण्डे, एरेन्जर र स्वर टङ्क बुढाथोकी, क्यामेरामा र निर्देशनमा समन अधिकारी र दिपेन्द्र थपलियाको रहेको छ ।
गीतको भिडियोमा बलराम, सुप्रिया, मोहन, लक्ष्मीका साथै युएईका खगेन्द्र बुढाथोकी, भरत बुढाथोकी, पारस लामा, मोहन शिवाकोटी, प्रबिन निरौला, आशिष पुरुष, सुमन भट्टराई, रुक्मान थापा, प्रेम अधिकारीलगायतका दुई दर्जन भन्दा बढी प्रवासी नेपालीहरुको उपस्थिति रहेको देख्न सकिन्छ । भिडियोको छायाँकन दुबई, सारझाहा, आजमान र रासअलखैमा मा गरिएको छ ।






