काठमाडौं,
भाद्र २७ ।
चलचित्र ‘यति’को अफिसियल नेपाली ट्रेलर सार्वजनिक भएको छ । यो बंगाली चलचित्रले रहस्यमय हिम मानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्ष भन्छ ।
चलचित्रलाई गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो । गोपिकृष्णले यसलाई देशव्यापी व्यवसायिक रिलिज गर्दैछ ।
असोज ६ गते (२२ सेप्टेम्बर)मा देशभरका हलमा प्रजनजित चटर्जी स्टारर सिनेमा प्रदर्शन हुन लागेको हो । सोमबारै चलचित्रको अफिसियल पोस्टर समेत सार्वजनिक भएको छ ।
मेगा बजेटको यो बंगाली सिनेमा नेपाली भाषामा स्वरांकन भएर पहिलोपटक नेपालमा व्यवसायिक प्रदर्शन हुन लागेको हो । सुनिल गंगोापाध्याको उपन्यास टेरर अन दी माउन्टेन पिकबाट एडप्टेसन यो सिनेमालाई एड्भेन्चर जानरामा राखिएको छ ।
भारतको एसभीएफ इन्टरटेनमेन्टको निर्माणमा बनेको सिनेमामा प्रशस्त नेपाली कलाकारको समय अभिनय छ । यो बंगालको पहिलो थ्रीडी सिनेमा समेत हो । दशैंको छेकोमा सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको हो ।






