मंसिर १५ मा माई लभ

काठमाडौं,
भाद्र २५ ।

शिरीषको फूलका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्वारा निर्देशन गरिएको चलचित्र ‘माई लभ–प्रमिस फर ’ काठमाडौं आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले शो जानकारी गराईएको हो । चलचित्रको वारेमा जापानबाट आएका जापानीज कलाकारहरुले पनि आफ्ना कुराहरु व्यक्त गरेका थिए । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफोर र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेममा चलचित्र माई लभ निर्माण भएको हो ।

फिल्म क्रियशन नेपालको निर्माणमा बनेको माई लभमा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी ंिह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बुलगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ ।


चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको सङ्गीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । भूकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय फिल्ममा रहेको छ । विशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई चलचित्रले चित्रण गर्न खोजिएको छ । चलचित्र महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी गरिने भएको छ ।

चलचित्रका निर्देशक डा. तोसिआकी ईतोले निर्देशन गरेको फिल्म शिरीषको फूलले नेपालमा नेशनल अवार्ड जितेको थियो । नेपालमा माई लभको सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार