काठमाडौं,
भाद्र २२ ।
जानुका अधिकारीको स्वर, गोविन्दप्रसाद उपाध्यायको शब्द र रेखा पौडेलको सङ्गीत रहेको आधुनिक गीत ‘नपाउने माया…’ सार्वजनिक भएको छ ।
उदयराज पौडेलको सङ्गीत संयोजन रहेको यो गीतको भिडियोलाई नवल नेपालले निर्देशन गरेका छन् । गीतको भिडियोमा माया प्रेम र आफ्नो मुटुको टुक्रा लाई गुमाउनुको पीडालाई देखाइएको छ। ‘स्रोता दर्शकको माया पाउन सफल हुनेमा आशावादी छु’ रेखाले भनिन् ।
निता ढुङ्गाना र नरेन खड्काले अभियन गरेको गीतको भिडियोको छायाँकन दिब्यराज सुवेदीले र सम्पादन नवीन निरौलाले गरेका हुन् ।






