काठमाडौं,
भाद्र १९ ।
‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा मोडलद्वय निराजन प्रधान र रिमा विश्वकर्मा अभिनित भिडियो रिलिज गरिएको हो । एसियन म्यूजिकले बजार प्रवद्र्धन गरेको यो गीतमा निक्सोन लिम्बु र मेलिना राइको स्वर छ । जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाइ रमणिय स्थानमा खिचिएको छ । भिडियोको निर्देशन विभोर पोख्रेलले गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, मिलन शंकरको छायांकन छ ।
कार्यक्रममा बोल्दै निर्देशक पोख्रेलले भिडियोलाइ आकर्षक बनाउने कोशिश गरेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरे । एसियन म्यूजिकका प्रमुख इश्वर गुरुङले विदेशी बजारमा नेपाली गीतसङ्गीतलाइ प्रवद्र्धन गर्न आफूहरु लागिपरेको र सफलता नजिक पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथी सङ्गीतकार राजु सिंहले गीत राम्रो बनेको बताए ।






