एकतर्फी माया एक दिन बुझ्ने छौं भन्दै निशा

काठमाडौं,
भाद्र १३ ।

गायीका निशा पराजुलीले ‘एकतर्फी माया एक दिन बुझ्ने छौं…’ भन्दै गुनासो गरेकी छन् । उनले बसन्त रानाको लय रहेको यो गीतमा यस्तो गुनासो गरेकी हुन् । उनलाई स्वरमा साथ दिएका छन् मास्के मनु रानाले । केही दिन अघि मारुनी डिजिटल रेकडिङ स्टुडियोमा रेकडिङ् गरिएको यो गीत दशैंको मेसो पारेर उनले दर्शक-स्रोतामाझ ल्याउन लागेको बताईन ।

थुप्रै अरुका गीत गाए पनि पहिलो आफ्नै गीत निकाल्न लाग्दा औधि खुशी भएको बताउँने उनी अब अन्य गीतहरु पनि दर्शक–स्रोतामाझ ल्याउने तयारीमा रहेको दाबी गरिन ।

आधा दर्जन भन्दा बढी दोहोरी र आधुनिक गीतमा मोडलिङ गरेकी उनले आफ्नो सानैदेखिको सौखका कारण यो क्षेत्रमा होमिएको बताउँछिन् । मोडलिङ र गायनलाई सँग सँगै लगिरहेकी उनलाई यस क्षेत्रमा अझ सफलता मिलोस्, शुभकामना ।

यसमा तपाइको मत

अन्य समाचार