काठमाडौं,
भाद्र ११ ।
नाटक हिँउको धुन मञ्चन भएको छ । ख्वापा नाट्य समुहको प्रस्तुतिमा राजधानीको बत्तिस पुतलीमा स्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो ।
नाटकमा आफ्नोपन र अनाथबालबालिको मनोविज्ञान कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ । निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भुमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानेको अभिनय निकै तारिफ योग्या थियो । नाटकलाई प्रदिप खड्गी (पासा)ले निर्देशन गरेका हुन् ।
हेमन तण्डुकार, दिपिका थापा, प्रदीप नेपाल, सवनम चौधरी, अर्जुन बोहोरा, सुरज सुवेदी (भाइजन), विनोद पौडेल, आयन बिष्ट, अनिषा कोइराला, शुसान्त तामाङ, विजय साप्कोटा, अंकीत सुनार, शुरेन्द्र कटुवालको अभिनय रहेको छ । नाटकलाई सङ्गीत तथा स्वर राजन थापाले दिएका छन् । नाटकलाई प्रविण खड्गीले लेखेका हुन् ।






